काठमाडौं । ङादी ग्रुुप पावर लिमिटेडको छैठौ वार्षिक साधारण सभा असार १० गते बुधबार हुदैछ । यस अघि फागुन २७ गते बोलाइएको सभा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो । आम लगानीकर्ताको आग्रह बमोजिम विशेष सावधानी अपनाएर सभा गर्न लागिएको कम्पनीले सुचना मार्फत जानकारी दिएको हो ।
सभा कम्पनीको रजिष्ट्रारा कार्यालय, अनामनगर, काठमाडौंमा विहान १० बजे सुरु हुनेछ । गत आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट कम्पनीले कर सहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५३ करोड ५५ लाख ५४ हजार रहेको छ ।
कम्पनीले सोहि पूँजीको आधारमा नगद लाभांश दिन लागेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको छ ।
कोरोना संक्रमण कायम रहेको बेला सभामा उपस्थित हुने सदस्यहरुले मास्क, पञ्जा, सेनीटाईजर लगाएत आवश्यक सुरक्षाको सामाग्री प्रयोग गर्न र एक मिटरको सामाजीक दुरी कायम हुने गरि सिटमा बसिदिन कम्पनीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस