
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको छ । कम्पनीले बोनस शेयर वापतको २ लाख ७ हजार ४०० कित्ता शेयर मंगलवार नेप्सेमा सूचीकृत गराएको हो ।
गत पुस १८ गते तेस्रो वार्षिक साधारण सभाबाट पारित बोनस शेयर कम्पनीले बल्ल सूचीकृत गराएको हो । उक्त सभामार्फत पारित ५ प्रतिशत नगद लाभांश भने पुस २२ गतेदेखिनै सम्बन्धीत शेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरेको छ । लामो समयपछि सूचीकृत बोनस शेयर हितग्राही खातामा जम्मा भई दोस्रो बजार सुचारु भए कारोबार गर्न सकिने भएको छ ।
प्रतिक्रिया दिनुहोस