aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सरकारले अनुमति दिए सुरक्षित तवरले यात्रुलाई गन्तव्यमा पुर्याउछौं : पठाओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
सरकारले अनुमति दिए सुरक्षित तवरले यात्रुलाई गन्तव्यमा पुर्याउछौं : पठाओ

काठमाण्डौं । हाल सरकारले गरेको आंशिक लकडाउनको कारण सम्पूर्ण सार्वजनिक यातायातहरु पूर्ण रुपमा बन्द रहेको छ । सरकारले निजी सवारी साधानलाई अहिले जोर बिजोर प्रणालीमा चलाउन दिएपनि यसले एक दिन सजिलो हुने र अर्को दिन सवारी चलाउन नपाउने व्यवस्थाले गन्तव्यमा पुग्न निकै कठिन भइरहेको छ । यस्तो कठिन परिस्थितिमा राइड सेयरिङको सेवा उपयुक्त हुने पठाओले बताएको  छ । पठाओका सञ्चालक असिम मान सिंह बस्न्यातले भने, ‘यस अघिदेखि नै राइड सेयरिङको सेवा दिदै आएको पठाओले अब पनि सरकारले अनुमति दिए सुरक्षित तवरले यात्रुहरुलाई सेवा दिन्छौं ।’ 

राइड सेयरिङलाई सुचारु गर्ने विषयमा सम्बन्धित निकायसँग कुराकानी भैरहेको उनले बताए । उनले भने, 'हामी यो विषम परिस्थितिमा चालक तथा यात्रुको स्वास्थको सुरक्षा अपनाएर राइड सेयरिङ सेवा सुचारु गर्न तयारी अबस्थामा छौ, तर यसका लागि सरकारले सुरक्षाको मापदण्ड तोकेर निर्देशन दिनु  पर्यो ।’

राइड सेयरिङलाई सेवा दिदा  सुरक्षाको हिसाबले के के अपनाउन सक्छौ यो बिषयमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिसिएमसी)ले लिखित रुपमा प्रतिवेदन  बुझाउन भनेको उनले बताए ।  बस्न्यातका अनुसार  अहिलेको अबस्थामा सेवा दिँदा सुरक्षाको हिसाबले के के कुरा प्रयोग गर्नु पर्छ र बजारमा ती सामाग्रीहरु उपलब्ध छन वा छैनन त्यो सबैको अध्ययन गरेर आज भोलि नै प्रतिवेदन बुझाउने तयारीमा रहेको जानकारी दिए । 

अहिलेको अबस्थामा सार्बजनिक यातायातभन्दा राइड सेयरिङ धेरै नै  सुरक्षित,सस्तो र छिटो हुने बस्न्यातको तर्क छ । सार्बजनिक यातायातमा कोरोनाको संक्रमण बढ्ने सम्भावना बढी हुने भन्दै उनके भने, ‘अहिलेको अबस्थामा सार्बजनिक यातायात चलाउदा उक्त सार्वजनिक यातायातमा सवार गर्ने एक जना व्यक्तिलाई कोरोनाको संक्रमण रहेछ भने कन्ट्रक्ट ट्रेसिंगको ठूलो समस्या हुन्छ । तर पठाओमा  कुन ग्राहक कुन चालकसँग यात्रा गरेको हो, कुन चालकसँग कति जना यात्रुले यात्रा गरे सम्पूर्णको नाम र ठेगाना सहित सबै थाहा हुन्छ ।’

सार्बजनिक यातायातमा सिट मिलाएर आधा मात्रै यात्रु बोक्ने कुरा आइरहेको उनले बताए । यसरी आधा क्षमतामा मात्रै यात्रु बोक्दा भाडादर झन् महँगो हुने र संक्रमणको जोखिम पनि त्यत्तिकै हुने उनको भनाइ रहेको छ ।  ' सार्बजनिक यातायातमा सरकारले भनेको सामाजिक दुरी कामय गर्न सम्भव हुँदैन किन कि कसले कहा छोयो केहि थाहा हुदैन । '  उनले भने , ' राइड सेयरिङमा भने एक जना मात्रै ग्राहकले एक पटकमा सेवा पाउने भएकाले सम्बन्धीत ग्राहकलाई यात्रा गराउन पूर्व संक्रमणबाट बच्नका लागि अपनाइने सुरक्षा सुरुमै प्रयोग गराएर मात्रै यात्रा गराउछौ । '

 अहिल नै पनि राइड सेयरिङका रुपमा असावधानी पूर्वक धेरैले व्यक्तिगत रुपमा यो सेवा सञ्चालन गरिनै रहेका छन् ।  सरकारले जोर बिजोर प्रणालीमा निजी सवारीलाई चलाउन दिएपछि ठूलो संख्यामा निजी सवारी साधान चालकहरुले बिभिन्न माध्यम मार्फत राइड सेयरिङ सेवा सञ्चालन गरिरहेको उनले बताए । अब सरकारले जोर विजोर निजी सवारी साधान सञ्चानल गर्न दिने हो भने  सुरक्षित तवरले राइड सेयरिङ सेवा दिनको लागि पठाओ नै  उतम बिकल्प भएको उनले दावी गरे ।  

'पठाओलाई उपत्यका बाहिर लाने तयारीमा छाैं'

प्रतिक्रिया दिनुहोस