aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनआईसी एशिया लघुवित्तको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
एनआईसी एशिया लघुवित्तको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

काठमाडौं ।  बुधबारदेखि विक्रीमा आएको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधवार साझ ५ बजेसम्म ७५ हजार आवेदकहरुबाट ४४ लाख ५० हजार कित्ताको लागि आवेदन परेको हो । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्ता मध्य ७४ हजार कर्मचारीहरुको र २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरि बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो । 

पहिलो दिनमै मागभन्दा बढी आवेदन परेकाले असार १४ को छिटो अवधिभित्रै विक्री बन्द हुने निश्चित भएको छ । यो आईपीओ खरिद गर्न चाहनेहरुले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था छ । 

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि– आस्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल रू. १ अर्ब ४५ लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात रू. १ अर्ब ४८ करोड पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस