aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शिखर इन्स्योरेन्सको रोकिएको हकप्रद शेयर असार १४ गतेदेखि निष्कासन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ असार २०७७
शिखर इन्स्योरेन्सको रोकिएको हकप्रद शेयर असार १४ गतेदेखि निष्कासन हुने

काठमाडौं ।शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत हकप्रद शेयर असार १४ गतेदेखि विक्री खुला हुने भएको छ । यस अघि चैत १३ गतेदेखि विक्री खुला गर्ने भनिएकोमा लकडाउनका कारण स्थगित भएको थियो ।

हाल देशमा लकडाउनको अवस्था सामान्य भएकाले कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशतका दरले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । यो हकप्रद शेयरमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्राथमिक बजार पूर्ण अनलाईन भैसकेको अवस्थामा आवेदकहरुले मेरो शेयर एप मार्फत आवेदन दिन सक्नेछन् । साथै एनआईबिएल् एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरु पुतलीसडक काठमाडौं , लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, आदर्शनगर बीरगञ्ज, ट्राफिकचोक बुटवल र गोल्छाचोक विराटनगर सँगै शिखर इन्स्योरेन्स कम्पनीको थापाथलीको केन्द्रिय कार्यालय सहित सम्पूर्ण शाखा कार्यालय मार्फत आवेदन दिन सकिनेछ । 

सार्वजनिक निष्कासनमा आस्वा अनिवार्य गरिएकाले यो सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको छ ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३६ करोड ५ लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको छ । यस अवधिसम्म २ लाख २५ हजार भन्दा बढी बीमालेख जारी गरेको कम्पनीले  २ अर्ब ६० करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क  आर्जन गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस