
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्वावलम्म्बन लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले कम्पनी रजिष्ट्रारको कार्यालयले असार ५ गते गरेको पत्रको आधारमा स्वावलम्बननको रोकिएको शेयर कारोबार फुकुवा गरेको हो ।
स्वावलम्बनको २६ प्रतिशत बोनस शेयरमा वितरणमा अन्योल भएको भन्दै नेप्सेले कम्पनी रजिष्ट्रार कार्यालयकै पत्रको आधारमा गत फागुन २० गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीलाई २६ प्रतिशत बोनस पश्चात चुक्तापूँजी ७९ करोड २३ लाख ९९ हजार कायम गर्न स्वीकृति दिएकोमा भुल भएको भन्दै त्यस निर्णयलाई कार्यान्वयन नगराउन नेप्सेलाई पत्र पठाएको थियो । असार ५ गतेको पत्रमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट कारोबार फुकुवाको लागि भनिएकाले नेप्सेले फुकुवा गर्ने निर्णय गरेको हो ।
कम्पनीले भने २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १४ प्रतिशत नगद लाभांश समेत गत पुस २० गते १८ औं वार्षिक साधारण सभामार्फत पारित गरीसकेको छ । पारित नगद लाभांश वितरण गरिसकेको कम्पनीले बोनस शेयर सूचीकरणका लागि काम भईरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस