aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनएजली इन्स्योरेन्सको साधारण सभा आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ जेठ २०७६
एनएजली इन्स्योरेन्सको साधारण सभा आज

एनएलजी इन्स्यारेन्स कम्पनी लिमिटेडको  वार्षिक साधारण सभा आज हुने भएको छ । सभामा इन्स्योरेन्सले पुँजी वृद्धिका लागि ६० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीले १० बराबर ६ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । 

 साधारण सभा रसियन सेन्टर अफ साइन्स् एन्ड कल्चरको सभा हल कमलपोखरीमा १० बजेदेखि हुँदैछ । एनएलजीले हाल कायम ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
 
कम्पनीले कुल ३८ लाख ४२ हजार ४३७ दशमलव ५ कित्ता शेयर निष्कासन गर्नेछ । हकप्रदपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । कम्पनीले जेठ ६ गते बुक क्लोज गरेको छ । जेठ ५ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस