
काठमाडौं । सवारी साधन कर्जाको सीमा ९० प्रतिशतसम्म पुर्याउन नाडाले माग गरेको छ । बिहीबार नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिको सुझावका क्रममा नाडाले उक्त माग सहितको सुझाव दिएको हो ।
५ सदस्यीय नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई भेटी नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आर्थिक बर्ष २०७७÷७८ को मोद्रीक नीतिले नेपालको समग्र अटोमोवाइल व्यवसायमा पार्नेे प्रभाव र त्यसको समाधानबारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।
सवारीसाधन होस् भन्ने नीति आउनु पर्नेमा त्यसको ठीक विपरित कर्जा प्रवाहको सीमा मार्फत सवारीसाधनमा नै अंकुश लाग्ने गरी नीति आउनु आफैमा विरोधाभाषपूर्ण भएको छ जनाएको छ । नाडाले निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गरी यस कर्जाको सीमा बृद्धिगरी ९० प्रतिशत पु¥याउनु पर्ने आफ्नो सुझावमा पेश गरेको नाडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रलाई समुन्नत र समृद्ध बनाउन सवारीसाधन अपरिहार्य रहेकोले देशभरी सडक सञ्जाल पु¥याउने र प्रत्येक नागरिकलाई आवागमनमा सहजता ल्याउन आफ्नै यसबाट सवारी साधन खरिद गर्न चाहनेहरुका लागि सहजता हुने बताएको छ ।
विश्वप्यापी महाव्यादीका रुप लिएको कोभिड १९ असरले ओरालो लागेको सवारी साधनहरुको पैठारीमा सुधार आउने, सरकारको राजश्व प्राप्तिमा स्वभाविक रुपले बृद्धि हुने र देशको अर्थतन्त्र पनि थप चलायमान हुने नाडाकोे विश्वास रहेको जनाएको छ ।
त्यसैगरी नेपाल राष्ट्र बैंकले हायर पर्चेज ऋणको सम्बन्धमा कर योग्य आयको कुल मासिक आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न सकिने अवस्थामा मात्रै ऋण दिनु पर्ने बर्तमान व्यवस्था खारेज गर्नमा माग गरेको छ । अटोमोवाइलक्षेत्रलाई चलायमान बनाउदा सरकारी राजश्वमा पनि बढोत्तरी हुने हुंदा सो अनुसारको व्यवस्थाको लागि समेत छलफल भएको नाडाले जनाएको छ ।
अटोमोवाइल व्यवसायीहरुलाई राहत हुने किसिमबाटै मोद्रिक नीति ल्याइने गर्भनर अधिकारीले बताएका छन् । सवारी साधन पैठारीकर्ताहरुले अव सवारी साधनहरुको एसेम्वलिङ्क उद्योग खोल्नेतर्फ पहल गर्न अनुरोध गरेका थिए ।
त्यसका लागि आवश्यक नीति तथा कार्यक्रमहरु समेत ल्याइने आश्वासन दिएको नाडाले जनाएको छ । उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, सचिव अनुपकुमार बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेति समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस