
काठमाडौं । साधना लघुवित्तले असार २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । गोरखामा केन्द्रीय कार्यालय रहेको लघुवित्तले ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको ७ लाख ७ हजार ८ सय कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
जसमध्ये लघुवित्तले १० हजार ८ सय ९० कित्ता कर्मचारीहरूका लागि र ३५ हजार ३ सय ९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा शेयर निष्कासन गर्न लागेको हो ।
लघुवित्तले आईपीओ निष्कासनका लागि यसअघि नै बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।
लघुवित्तलाई नेपाल धितोपत्र बोर्डले यही असार ७ गते आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो । २०७६ फागुन २७ गते लघुवित्तले आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस