
असार । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले असार १३ गते शनिवार १८ औं वार्षिक साधारण सभा गर्दैछ ।
कम्पनीको यस अघि चैत २८ गते हुन नसकेको सभा शनिवार गर्न लागेको हो । सभा विहान ११ कम्पनीको भवन , बबरमहल, हनुमानस्थान, काठमाडौंमा हुनेछ ।
सभाले गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सँगै सर्वसाधारण तर्फबाट १ जना सञ्चालन निर्वाचन गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गतेदेखि बुक क्लोज गरेको छ । यस आधारमा चैत ९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् । चैत १३ गते अगाडी चैत ९ गते अन्तिम कारोबार भएको थियो । यस वर्ष कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन् ।
आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट कम्पनीले १५ दशमलव ४८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । बोनस पश्चात कम्पनीको रू. १ अर्ब पुगेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिद्धार्थ इन्स्योरेन्स कम्पनीले रू. १ अर्ब ४९ करोड ८१ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।
कम्पनीले यस वर्षरू. १६ करोड ३ लाखभन्दा बढी मात्र खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. २३ करोड ८४ लाखभन्दा बढी कायम भएको छ भने बीमा कोषमा रू. ७५ करोड ७६ लाखभन्दा बढी रकम छ ।
प्रतिक्रिया दिनुहोस