aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

साधना लघुवित्तको आईपीओ असार २१ गतेदेखि विक्रीमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ असार २०७७
साधना लघुवित्तको आईपीओ असार २१ गतेदेखि विक्रीमा आउने

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले असार २१ गते देखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले ७ लाख ७ हजार ८०० कित्ता आईपीओ विक्री गर्न लागेको हो ।

कुल कित्ताममध्ये १० हजार ८९० कित्ता कर्मचारीको लागि र ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो । यो आईपीओ छिटोमा असार २४ र ढिलोमा साउन ४ गतेसम्म विक्रीमा रहनेछ । यस आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिनेछ । 

साधना लघुवित्तको आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा तलको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । पूर्ण प्रविधिमैत्री रहेको प्राथमिक बजारमा निष्कासन हुने शेयर खरिदका लागि मेरो शेयर मार्फत अनलाईन बाटै आवेदन दिन सकिनेछ ।

 साथै , नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यलयहरुबाट आवेदन दिन सकिनेछ । हाल १४ करोड ७७ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात यो पूँजी  २१ करोड ७७ लाख रुपैयाँ पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस