aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा प्रवेशबारे अध्ययन शुरु

  • रासस
    रासस
  • शनिबार, १३ असार २०७७
प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा प्रवेशबारे अध्ययन शुरु

धनुषा । प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा देखिएको सन्दर्भमा प्रदेशका कृषि वैज्ञानिकहरूले अध्ययन शुरु गरेका छन । भमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवका अनुसार प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकको टोलीले कीरा प्रवेशका सन्दर्भमा अध्ययन शुरू गर्रिको हो । 

कृषि वैज्ञानिकहरू सर्लाही जिल्लाको तेलबाली अनुसन्धान केन्द्रमा बसी अध्ययन गरिरहेको जनाइएको छ । राज्यमन्त्री यादवले आज बिहान प्रदेशका विभिन्न जिल्लामा बथानमा देखिएको कीरा सलह नै भएको पुष्टि भएकाले यसबारे गहन अध्ययन र निरूपणबारे कृषि वैज्ञानिकहरूले कार्य प्रारम्भ गरेको बताए । वैज्ञानिकहरूले कीराको प्रवेश नाका, सङ्ख्या र नियन्त्रणका आधार पहिल्याउनेबारे अनुसन्धानसमेत शुरु गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस