aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शिखर इन्स्योरेन्सको रोकिएको हकप्रद आइतबारदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असार २०७७
शिखर इन्स्योरेन्सको रोकिएको हकप्रद आइतबारदेखि विक्रीमा

काठमाडौं । शिखर इन्स्योरेन्सको रोकिएको ३० प्रतिशत हकप्रद शेयर असार १४ गते ( आइतबार) देखि विक्रीमा आएको छ । शिखर इन्स्योरेन्सले यस अघि चैत १३ गतेदेखि ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद विक्री गर्ने तयारी गरेको थियो । उक्त समयमा कोरोना संक्रमका कारण देशमा जारी भएको लकडाउनका कारण कम्पनीले विक्री रोकेको थियो ।

 शिखरले उक्त हकप्रद विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट माघ ४ गते स्वीकृति पाएको हो । शिखरले हाल कायम चुक्तापूँजी  १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँको आधारमा ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । 

साउन ४ गतेसम्म विक्रीमा रहने यस हकप्रद खरिदका लागि मेरो शेयर मार्फत घरमै वसेर वा सि-आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । यो हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस