aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जनउत्थान सामूदायिक लघुवित्तको साधाररण सभा असार २७ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
जनउत्थान सामूदायिक लघुवित्तको साधाररण सभा असार २७ गते

 काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारण सभा असार २७ गते गर्ने भएको छ । कम्पनीको असार १२ गतेको सञ्चालक समितिको बैठकले होटल न्यू ईराको सभाहल, बुटवलमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्दैछ । हाल कम्पनीको चुक्तापूँजी  ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुगेको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री गरी चुक्तापूँजी बढाएको हो ।

सभाले लाभांश वाहेक गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित , नयाँ सञ्चालक समिति गठन गर्ने र प्रस्तावित बोनस पश्चात कायम हुने चुक्तापूँजी ७ करोड ९२ लाख रुपैयाँको १ बराबर २ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव माथीपनि छलफल हुने कार्यक्रम छ ।

यस कम्पनीले अन्य कुनै उपयुक्त लघुवित्त कम्पनीसँग मर्जरमा जाने वा प्राप्ती गर्ने विषयलाई पनि अघि सारेको छ । यदि उपयुक्त कम्पनीसँग मर्जर तथा प्राप्ती गर्ने भएको खण्डमा आवश्यक सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।

नवौं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १४ गते एक दिन बुक क्लोज गर्ने बताएको छ । यस आधारमा असार १३ गतेसम्म कायम शेयरधनीहरु लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस