aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नाडेप लघुवित्तले प्रस्ताव गर्यो लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
नाडेप लघुवित्तले प्रस्ताव गर्यो लाभांश

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष  २०७५/७६ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी  ३६ करोड ३८ लाख रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले प्रस्तावित बोनस शेयरका लागि ३ करोड ३८ लाख रुपैयाँ र नगद लाभांशका लागि  १९ लाख ३६ हजार ८४२ दशमलव ११ रुपैयाँ बराबरको रकम छुट्याएको हो ।

कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश भने नेपाल राष्ट्र स्वीकृती पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरणयोग्य हुनेछ । १० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको पूँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस