काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था(इपान)को आज हुने भनेको निर्वाचन कार्यक्रम स्थगित भएको छ । इपानको निर्वाचन आज असार १५ गते सोमबार हुने पूर्व निर्धारित कार्यक्रम रहेको थियो । जिल्ला प्रशासन कार्यालय ललितपुरले इपानको निर्वाचन रोक्न निर्देशन दिएसँगै निर्वाचनको कार्यतालिका रोकिएको हो । एक हाइड्रोपावर डेभरपरले सीडीओ कार्यायल ललिपुरमा उजुरी दिएपछि आज हुने भनेको निर्वाचन रोकिएको हो ।
आज हुने निर्वाचनमा निवाृचन अधिकृतले आधा घण्टाको अन्तरालमा १५ जना सदस्यलाई निर्वाचन बुथमा पठाउने गरी समय तालिका बनाइको थियो । तर, उजुरी परेपछि निर्वाचन रोकिएको हो ।
इपानमा मतदाताले प्रोक्सी दिने प्रचलन थियो । जुन विषय यो पटक विवादमा परेको थियो । निर्वाचनमा अध्यक्ष पदका लागि कृष्ण आचार्य र सूर्यप्रसाद अधिकारीबीच प्रतिस्पर्धा हुने थियो । अध्यक्ष पदका प्रत्यासी कृष्ण आचार्यले निर्वाचन रोकिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस