
काठमाडौं । कोरोना महामारी विश्वभर फैलने क्रममा नियन्त्रण र रोकथामको लागि नेपालमा पनि विगत चैत ११ गतेदेखि शुरु भएको लकडाउनसँगै बन्द भएको धितोपत्र बजार (शेयर बजार) नेप्से लकडाउनकैबीच दुई दिन कारोबार भएको थियो ।
नेपालमा कोरोना संक्रमितको संख्यामा दिनानु बढ्दै गएपनि सरकारले अर्थतन्त्रलाई सुचारु राख्ने निर्णयसँगै लकडाउनलाई खुकुलो बनाउँदै लाने निर्णय लिएसँगै आजदेखि धितोपत्र बजार पुनः सूचारु गर्ने निर्णय आइतबार धितोपत्र नियामक निकायले गरेको हो ।
सोमबार सेयर कारोबार खुलेको २० मिनेट मै बजार ४ प्रतिशतले घटेपछि बजार स्थगित गर्नु परेको थियो । कारोबार घटेपछि २० मिनेटका लागि स्थगित गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
नेप्से करिव ४ प्रतिशतले घट्दा बजार ५१ अंकले घटैर ११५० अंकमा ओर्लिएको थियो । बजार खुल्दा एक्कासी गीरावट आएको नेप्से सूचक सम्हालिने क्रममा रहेको छ ।
अहिले १ः३० बजेसम्मको तथ्याङ्क अनुसार नेप्से परिसूचकमा २३ दशमलव ६९ अंकले गीरावट आउँदा १ हजार १ सय ७७ दशमलव ८८ विन्दुमा रहेको छ । यो १ दशमलव ९७ प्रतिशत हो ।
हालसम्म कुल ३३ करोड २५ लाख ५७ हजार रुपैयाँ माथीको सेयर कारोबार भइसकेको छ । लाइफ न्स्योरेन्स, उद्योग, अन्य र ब्यापार बाहेकका सम्पूर्ण उपसूचकहरुमा गीरावट आएको छ ।
लकडाउन अवधिभर जम्मा दुई दिन सञ्चालन भएर बन्द भएको सेयर बजार चौतर्फी दवाबपछि सोमबारबाट खुलेको हो । १२०० अंकमा बन्द भएको बजार ११९७ अंकबाट खुलेको हो ।
बजार घटे पनि सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, हिमालयन डिष्टिलरी लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक र उक्त बैंककै प्रोमोटर शेयरधनीहरुले भने नाफा कमाउन सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस