
काठमाडौं । कोरोना संक्रमणका कारण जारी भएको लकडाउनबाट प्रभावित प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । प्रुडेन्सियलले गत फागुन १८ देखि चैत २३ गतेसम्म विक्री खुला गर्ने गरि उक्त हकप्रद शेयर विक्रीमा ल्याएको थियो । चैत ११ गतेदेखि स्थगित गरिएको हकप्रद शेयर असार ७ गतेदेखि असार १९ गतेसम्मका लागि कम्पनीले पुनः विक्रीमा ल्याएको हो ।
प्रुडेन्सियलले माघ २६ गतेसम्म कायम शेयरधनीहरुका लागि १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । एनएमबि क्यापिटल विक्री प्रबन्धक रहेको यस हकप्रदलाई इक्रा नेपालले आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ ।
हाल ६४ करोड १५ लाख २० हजार रुपैयाँ चुक्तापूँजीको आधारमा ६० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । यो हकप्रद विक्री गर्न कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत पुस २९ गते स्वीकृति पाएको थियो ।
प्रतिक्रिया दिनुहोस