
एजेन्सी । पतञ्जलि समूहको कम्पनी रुची सोयाको शेयर ५ महिनामा ९ हजार ३ सय ४३ प्रतिशतले बढेपछि लगानीकर्ताहरु छक्क परेका छन । तर, पछिल्लो ३÷४ दिनदेखि भने यो कम्पनीको मूल्य २० प्रतिशतले गिरावट आइएको छ । गत जुन २६ मा शेयर मूल्य १५०७ रुपैयाँ रहेको थियो । बिहीबार, रुचि सोयाको स्टक लगभग १२२७ कारोबार भएको छ ।
रुची सोयाको ५२ हप्ताबीचको मूल्यको उतार चढाव हेर्दा अकाश जमिनको फरक छ । ५२ हप्ता पहिला सूचिकृत भएका रुची सोयाको मूल्य ३.२८ रुपैयाँ रहेको थियो । सबैभन्दा उच्च स्तरमा १५३५ रुपैयाँ पुगेको छ । पछिल्लो २७ मेमा यहि शेयर ५१५ रुपैयाँभन्दा तल रहेको थियो । जुन २९ जुनसम्म आइपुग्दा १५३५ रुपैयाँमा आइपुगेको छ ।
यसअघिको जुन २९ र ३० जुनमा यो शेयर ५–५ प्रतिशतले गिरावट आइएको थियो । २७ जनवरी २०२०मा रुची सोयाको शेयर १६.१० रुपैयाँ बजारमा पुन सूचिकृत भएको थियो ।
प्रतिक्रिया दिनुहोस