aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आकर्षक दुई कम्पनीको आईपीओ आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असार २०७७
आकर्षक दुई कम्पनीको आईपीओ आउँदै

काठमाडौं । यहि महिनाभित्रै दुईवटा कम्पनीको आईपीओ शेयर आउने भएको छ । साधना लघुवित्त र अजोड इन्स्योरेन्सले असार महिनाभित्रै प्रारम्भिक साधारण निष्कासन (आईपीओ) गर्न लागेका हुन् । 

दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट शेयर निष्कासन गर्ने अनुमति पाएर बिक्रीका लागि आह्वानपत्र जारी समेत गरिसकेका छन् । जसअनुसार साधना लघुवित्तको असार २१ गतेदेखि २४ गतेसम्म तथा अजोडको असार २५ गतेदेखि २९ गतेसम्म यस्तो शेयर बिक्री खुला हुनेछ ।

साधना लघुवित्तले आफ्नो चुक्ता पुँजी २१ करोडको ३२.५ प्रतिशतले हुने ७ करोड ८ लाख ८ हजार रुपैंया बराबरको लाख ७ हजार ८ सय कित्ता शेयर बिक्री गर्न लागेको हो । यसमध्ये कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्बसाधारणका लागि खुला गरिनेछ । यो शेयर १० कित्ताका दरले ६६ हजार १ सय ५२ जनाले प्राप्त गर्नेछन् । 

त्यस्तै, अजोड इन्स्योरेन्सले आफ्नो चुक्ता पुँजीको १ अर्बको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैंया बराबरका ३० लाख कित्ता शेयर बजारमा बिक्री गर्न लागेको हो । त्यसमध्ये ५ प्रतिशत शेयर कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर २७ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो । यो शेयर २ लाख ७५ हजारले १०/१० कित्ताको दरले प्राप्त गर्नेछन् । 

केही दिनअघि मात्रै एनआईशी एशिया लघुवित्तको आईपीओ बिक्री भएको थियो । असार १० गतेदेखि १४ गतेसम्म बिक्री भएको उक्त शेयरलाई लघुवित्त संस्थामध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो सार्वजनिक निष्कासन मानिएको छ । सो शेयर आइतबार बाँडफाँट हुने बताइएको छ । यसमा आवेदन स्वीकृत भएका सबैले शेयर प्राप्त गर्ने निश्चित भएको छ । 

यो वर्ष ८ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । त्यसमध्ये महत्वपूर्ण शेयरको रुपमा आएको नेपाल पुनर्बीमा कम्पनीको शेयरको कारोबार सुरु भइसकेको छ । अन्य कम्पनीहरुमा शिवश्री हाइड्रोपावर, एनआरएन इन्फास्ट्रक्चर, लिवर्टी इनर्जी कम्पनी र युनाइडेड मार्दी हाइड्रोवापर कम्पनी छन् । यी कम्पनीहरुले कुल ६ अर्ब ६० करोड रुपैंया साधारण शेयरहरु निष्कासन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस