
काठमाडौं । गोरखामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्तको आईपीओ आजदेखि आवेदन दिन पाउनेछन् । साधनाको करिब ६ लाख ६१ हजार कित्ता शेयरका लागि बिहान १० बजेदेखि आवेदन खुला हुन लागेको हो ।
साधना लघुवित्तले आफ्नो चुक्ता पुँजी २१ करोडको ३२.५ प्रतिशतले हुने ७ करोड ८ लाख ८ हजार रुपैंया बराबरको लाख ७ हजार ८ सय कित्ता शेयर बिक्री गर्न लागेको हो । यसमध्ये कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्बसाधारणका लागि खुला गरिनेछ । यो शेयर १० कित्ताका दरले ६६ हजार १ सय ५२ जनाले प्राप्त गर्नेछन् ।
अघिल्लो वर्ष साधना लघुबित्तले प्रतिशेयर २५ रुपैयाँ ४५ पैसा नाफा कमाएको थियो । उक्त लघुबित्तकाे शेयर असार २४ गते कार्यालय समयसम्म आवेदन दिन पाइनेछ ।
यो वर्ष ८ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । त्यसमध्ये महत्वपूर्ण शेयरको रुपमा आएको नेपाल पुनर्बीमा कम्पनीको शेयरको कारोबार सुरु भइसकेको छ ।
अन्य कम्पनीहरुमा शिवश्री हाइड्रोपावर, एनआरएन इन्फास्ट्रक्चर, लिवर्टी इनर्जी कम्पनी र युनाइडेड मार्दी हाइड्रोवापर कम्पनी छन् । यी कम्पनीहरुले कुल ६ अर्ब ६० करोड रुपैंया साधारण शेयरहरु निष्कासन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस