aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रिमियर इन्स्योरेन्समा नयाँ सञ्चालक समिति चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ असार २०७७
प्रिमियर इन्स्योरेन्समा नयाँ सञ्चालक समिति चयन

काठमाडौं । शुक्रबार सम्पन्न प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)को १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालय,प्रिमियर भवनको सभा कक्षमा सम्पन्न उक्त साधारणसभाले नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । 

 सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए ।आर्थिक वर्ष २०७५/७६ मा कुल बीमा शुल्क १ अर्ब ६४ करोड ६७ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको कम्पनीले जनाएको छ । त्यस्तै, खुद मुनाफा २६ करोड ५८ लाख ५ हजार आर्जन गरेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रहेको छ । 

सर्वसाधारण शेयरधनीका तर्फबाट २ जना संचालक केदार नारायण मानन्धर तथा बलराम श्रेष्ठ पुन निर्विरोध चयन भएका छन् ।  उक्त साधारण सभा केन्द्रिय कार्यालय भवनको सभा कक्षमा समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस