aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भन्सारबाट १२ वटा भैसी र पाडा कसरी छिरे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असार २०७७
भन्सारबाट १२ वटा भैसी र पाडा कसरी छिरे ?

बारा । जिल्ला पर्सा पोखरिया न.पा.वडा नं.१० बैरिया बिर्ता स्थित भारतबाट भन्सार अवैध रुपमा नेपाल ल्याइएका भैसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार १० बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा पोखरिया न.पा.वडा नं.१० बैरिया बिर्ता स्थित भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको  १२ वटा भैसी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रहरीले ४ वटा भैँसी र ८ वटा पाडा गरी जम्मा १२ वटा २ लाख ६० हजार रुपैयाँ मुल्य बराबरको  भैँसी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस