aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

साधनाको आईपीओमा दोस्रो दिनमै ९ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असार २०७७
साधनाको आईपीओमा दोस्रो दिनमै ९ गुणा बढी आवेदन

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको आईपीओमा सोमबारसम्म माग भन्दा ९ दशमलव ७२ गुणा बढी आवेदन परेको छ । कम्पनीले आइतबारदेखि ७ लाख ७ हजार ८०० कित्ता आईपीओ विक्री खुला गरेको हो । कुल कित्ताममध्ये १० हजार ८९० कित्ता कर्मचारीको लागि र ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएको छ भने बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरिएको छ । 

विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले दिएको जानकारी अनुसार सोमवार साझ ५ बजेसम्म २ लाख ५९ हजार १०५ आवेदकले ६४ लाख ३२ हजार ४०० कित्ताको माग गर्दै आवेदन दिएका छन् । छिटोमा असार २४ र ढिलोमा साउन ४ गतेसम्म विक्रीमा रहने बताईएको यो आईपीओमा माग भन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र बन्द हुने निश्चित भएको छ । यो आईपीओ खरिद गर्न चाहनेले न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

साधना लघुवित्तको आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा तलको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । पूर्ण प्रविधिमैत्री रहेको प्राथमिक बजारमा निष्कासन हुने शेयर खरिदका लागि मेरो शेयर मार्फत अनलाईन बाटै आवेदन दिन सकिनेछ ।

 साथै , नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यलयहरुबाट आवेदन दिन सकिनेछ । हाल  १४ करोड ७७ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात यो पूँजी २१ करोड ७७ लाख रुपैयाँ पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस