aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एलआईसी नेपालको नगद र बोनश झन्डै बराबर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
एलआईसी नेपालको नगद र बोनश झन्डै बराबर

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ७० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । मंगलवार कम्पनीको ९९औं संचालक समिति बैठकले उक्त  निर्णय  गरेको हो ।

आ.ब. २०७४/०७५ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पू‘जी एक अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८ सयको ७० प्रतिशत लाभांश शेयरधनीहरुलाई प्रदान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

उक्त लाभांशमध्ये ३४.४६२६५९१२ प्रतिशत  बोनस शेयर र ३५.५३७३४०८८ प्रतिशत  नगद लाभांश दिने सिफारिस गरेको छ  । उक्त निर्णय  बीमा समितिको स्वीकृति र आगामि बस्ने बीमकको १७औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र वितरण हुने कम्पनीले जनाएको छ  । 


 


 

प्रतिक्रिया दिनुहोस