aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मिर्मिरे लघुवित्तले एफपीओ निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असार २०७७
मिर्मिरे लघुवित्तले एफपीओ निष्कासन गर्ने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको थप सार्वजनिक निष्काशन (एफपिओ) निष्काशन हुने भएको छ ।

एफपीओ निष्कासनका लागि विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरेको छ । मंगलबार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ३७,२६० कित्ता शेयर थप सार्वजनिक निष्काशन (एफपिओ) का लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (एनएसएमबिएल) निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बनेपा–८ स्थित रजिष्टर्ड कार्यालयमा आज आयोजित एक समारोह बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत  रोशनी भारती र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।  
 

प्रतिक्रिया दिनुहोस