aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शेयर बजारमा लगानीकर्ताको आकर्षण, लघुवित्तको आइपीओमा मागभन्दा १६.११ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असार २०७७
शेयर बजारमा लगानीकर्ताको आकर्षण, लघुवित्तको आइपीओमा मागभन्दा १६.११ गुणा बढी आवेदन

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण शेयर आईपीओमा माग भन्दा १६.९१ गुणा बढी आवेदन परेको छ । बुधबार अन्तिम दिनसम्ममा ४ लाख ५५ हजार ७२७ जनाले यो आईपीओ खरिदको लागि आवेदन दिएका हुन । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिएको जानकारी अनुसार यी आवेदकहरुबाट  १ अर्ब ११ करोड ८७ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ८७ हजार ९६० कित्ताका लागि आवेदन परेको छ ।

 कम्पनीले असार २१ गतेदेखी कुल ७ लाख ७ हजार ८०० कित्ता आईपीओ विक्री खुला गरेको थियो। जसमध्य १० हजार ८९० कित्ता कर्मचारीको लागि र ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । 

यश आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा तलको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल रू।१४ करोड ७७ लाख चुक्तापुँजी रहेको उक्त कम्पनीको आईपीओ पश्चात  २१ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस