
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले असार ९ गतेदेखि निष्कासन गरेको ६० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने असार २५ गते बिहीवार (आज)अन्तिम दिन रहेको छ । यस अघि गत फागुन २२ देखि चैत १२ गतेसम्म विक्री खुला गर्ने मिति तय गरेकोमा कोरोनाका कारण स्थगित हकप्रद शेयर अवस्था सामान्य भएसँगै विक्री खुला गरेको हो ।
कम्पनीले ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । हकप्रद विक्री प्रबन्धको जिम्वेवारी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले रहेको छ । हाल ६४ करोड ४ लाख ६ हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले १ अर्ब रुपैयाँ पूँजी कायम गर्न हकप्रदको सहारा लिएको हो ।
प्रतिक्रिया दिनुहोस