aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एएनएको अध्यक्ष पदमा खगेन्द्र अधिकारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असार २०७७
एएनएको अध्यक्ष पदमा खगेन्द्र अधिकारी

अमेरिका । अमेरिकामा नेपाली समुदायको पुरानो संस्था मध्ये कै एक एसोसिएसन अफ नेपालिज इन अमेरिकाज(एएनए)को अध्यक्ष पदमा संस्थाकै वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी मनोनित भएका छन ।

सन् १९८३ मा स्थापित एएनए नेपाली समुदायमा राष्ट्रिय स्तरको मुनाफारहित सामाजिक संस्था मध्ये कै एक हो । स्थापना काल देखि नै विभिन्न क्रियाकलाप र नेपाली समुदायका अन्य सामाजिक बिषयहरुमा वकालत र उठान गर्न सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

 सामाजिक अभियन्ता तथा एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीलाई अन्तरिम अध्यक्ष मनोनित गरिएको जानकारी छापा बिज्ञप्ति मार्फत एएनए बोर्ड अफ ट्रस्टीका सभापति अम्बिका प्रसाद अधिकारीले जानकारी दिए ।

उक्त जानकारी जुलाई ७ ,२०२० का दिन वर्तमान एएनएको कार्यकारी समितिको पदावधि जुलाई ४ को सप्ताहन्तमा भएको जानकारी एएनए बोर्ड अफ ट्रस्टीका सभापति अधिकारीले सार्वजनिक गरेका छन ।  

उक्त छापा बिज्ञप्तिमा अधिकारीले अन्तिम अवस्थामा महामारीको कारण सबै पदाधिकारीहरुले निर्वाचन समितिमा राजिनामा दिएको उल्लेख गरेका छन । साथै एएनएन बोर्ड अफ ट्रस्टीले आगामी डिसेम्बर १५÷२०२० सम्मका लागि निर्वाचनको समय थपेको छ ।

ट्रस्टीले कार्यकारी समिति कै सेवामुक्त(आउट गोइङ्ग ) वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीलाई अन्तरिम अध्यक्ष डिसेम्बर २०२० सम्मको लागि नियुक्त गरेको छ ।

साथै सबै अन्तरिम कार्यकारी समितिले निरन्तरता दिने छ । गत जुलाई ५ मा बार्षिक साधारण सभाको बैठक बसेको थियो । अन्तरिम र सबै कार्यकारी समिति सदस्यहरुलाई बोर्ड अफ ट्रस्टीले बधाई तथा शुभकामना दिएको छ ।

साथै बोर्ड अफ ट्रस्टी सेवामुक्त(आउटगोइङ्ग)अध्यक्ष मेदिनी अधिकारी तथा कार्यकारी समिति सदस्यहरुले समुदायमा पुर्याएको योगदान र सेवा प्रतिलाई धन्यवाद दिएको छ । बिधानअनुसार निर्वतमान अध्यक्ष भएका मेदिनी अधिकारी एएनए बोर्ड अफ ट्रस्टिको सदस्य स्वत भएका छन् ।

प्रतिक्रिया दिनुहोस