aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतमा बीमाको विग मर्जर प्रक्रिया रोकियो, नेपालमा रहेका दुई कम्पनीले के गर्लान ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असार २०७७
भारतमा बीमाको विग मर्जर प्रक्रिया रोकियो, नेपालमा रहेका दुई कम्पनीले के गर्लान ?

एजेन्सी । भारतमा ठूला बीमा कम्पनी मर्ज गर्ने योजना रद्द गरिएको छ । भारतको केन्द्र सरकारले तीन वटा बीमा कम्पनीहरू, ओरियन्टल बीमा, नेशनसल इन्स्योरेन्स र युनाइटेड इण्डिा इन्स्योरेन्स कम्पनीको मर्ज प्रक्रिया रद्द गरिएको हो । 

राष्ट्रिय बीमा र संयुक्त भारत बीमाको मर्जरको प्रक्रिया रोक्न निर्णय गरेको हो । सरकारले अब यी कम्पनीहरूको वित्तीय अवस्था सुधार गर्न १२,४५० करोड रुपैयाँ भारुको पुँजी थपिदैदै छ  ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा रहेको केन्द्रीय मन्त्रिपरिषद्ले बीमा कम्पनीहरुको मर्ज प्रक्रिया रोक्ने निर्णयलाई अनुमोदन गरेको हो । “वर्तमान अवस्थालाई ध्यानमा राख्दै मर्जर प्रक्रियालाई केही समयका लागि स्थगित गरिएको छ । अब यी कम्पनीहरूको नाफाको सट्टामा केन्द्रित हुनेछ, एक सरकारी विज्ञप्तिमा भनिएको छ । 

यद्यपि १२,४५० करोड रुपैयाँ पुँजी प्रस्तावमा २,५०० करोड रुपैयाँ नै दिइइसकेको छ ।  आर्थिक वर्ष २०१९/२० मा २,५०० करोड रूपैयाँ खर्च गरिएको थियो । नेपालमा नेशनल इन्स्योरेन्स र ओरियन्टल कम्पनीले भारतमा रहेको कम्पनीकै शाखा खोलेर काम गरिरहेका छन् । बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब चुक्ता पुँजी पुर्योउन भनेपछि भारती बीमा कम्पनीका शाखा कम्पनीले चुक्ता पुँजी पुर्योउन मर्जको प्रक्रिया कुरेर बसेका थिए । 
 

प्रतिक्रिया दिनुहोस