
काठमाडौं । बिहीबारदेखि विक्रीमा आएको अजोड इन्स्योरेन्सले आईपीओ पहिलो दिनमै १ दशमलव ८३ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार बिहीवार साझ ५ बजेसम्म १ लाख २९ हजार आवेदकबाट ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा १ दशमलव ८३ गुणा बढी हुन आउँछ ।
अजोडले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । कुल कित्तामध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी २७ लाख ३० हजार सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।
यो आईपीओ खरिद गर्न चाहनेले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा असार २९ गते र ढिलोमा साउन ८ गतेसम्म विक्रीमा रहने यस आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
विक्री प्रबन्धकसँगै अजोड इन्स्योरेन्सको केन्द्रिय कार्यालय सुन्धारा र आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने व्यवस्था छ । पूर्ण प्रविधिमैत्री बनेको प्राथमिक बजारमा आईपीओ खरिद गर्न मेरो शेयर प्रयोगकर्ताहरुले घरमै बसेर पनि आवेदन दिन सक्नेछन् । अजोडको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
हाल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको अजोड इन्स्योरेन्सको आईपीओ पश्चात १ अर्ब रुपैयाँ चुक्तापूँजी पुग्नेछ । नयाँ तीन निर्जीवन बीमा कम्पनीहरु मध्य सबैभन्दा पहिला अजोडले आईपीओ विक्री गर्न लागेको हो । अन्य दुई कम्पनीले पनि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिईसकेका छन् ।
प्रतिक्रिया दिनुहोस