aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ज्योति लाईफद्वारा बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असार २०७७
ज्योति लाईफद्वारा बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीबाट बीमा गरेका बीमित स्व. जगदिश कुमार भट्टलाई बीमा रकम भुक्तानी गरेको छ । गत फागुन ८ मा उपचारको क्रममा निधन भएका भट्टकी श्रीमती मन्जु कुमारी भट्टले दबी भुक्तानी रकम बुझेको कम्पनीले जनाएको छ ।   

धनगढी प्रादेशिक प्रमुख देश राम चौधरीले असार २२ गते दाबी रकम दुई लाख रुपैयाँ र बोनस रकम ९ हजार ८सय रुपैयाँ गरी जम्मा दाबी रकम दुई लाख ९ हजार ८ सय रुपैयाँ दाबीकर्ता श्रीमती भट्टलाई प्रादेशिक कार्यालय धनगढीबाट हस्तान्तरण गरेका हुन ।  

प्रतिक्रिया दिनुहोस