aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पञ्चकन्यामाई हाइड्रोपावरको आम्दानी बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
पञ्चकन्यामाई हाइड्रोपावरको आम्दानी बढ्यो

काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । कम्पनीले गत वर्षको तुलनामा यस वर्ष घाटामा कमि ल्याएको छ । गत वर्षको तेस्रो त्रैमाससम्म  ३ करोड ९६ लाख १ हजार रुपैयाँ घाटामा रहेको कम्पनी यस वर्षको सोहि अवधिसम्म १ करोड ९४ लाख २० हजार रुपैयाँ घाटामा रहेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीले ५१ प्रतिशतले घाटामा कमि ल्याएको छ । 

यस वर्ष विद्युत विक्री आम्दानी गत वर्षभन्दा ८ प्रतिशत बढी भएको छ । गत वर्ष २६ करोड ७३ लाख ७९ हजार रुपैयाँ विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष सोहि अवधिसम्म  २८ करोड ९१ लाख ३९ हजार रुपैयाँ यो आम्दानी गरेको छ । यस वर्ष विद्युत विक्रीका लागि १ करोड ५६ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । गत वर्ष यस अवधिसम्म  ६५ लाख ६९ हजार रुपैयाँ मात्र खर्च गरेको थियो । यस वर्ष विद्युत विक्री लागत १३८ प्रतिशत बढी भएको छ ।

 हाल १ अर्ब १० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम भने  १६ करोड ३६ लाख २६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिसम्म यो रकम  १२ करोड ४६ लाख १९ हजार रुपैयाँ ऋणात्मक थियो । तेस्रो त्रैमाससम्म ८५ दशमलव १२ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने १ दशमलव ७७ रुपैयाँ घाटामा छ ।

प्रतिक्रिया दिनुहोस