
काठमाडौं । माउण्टेन इनर्जीले आईपीओ विक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि कुल रू. ३९ करोड ३६ लाख ५ हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ विक्री गर्न अनुमित पाएको हो ।
कुल कित्तामध्य आयोजना प्रभावित स्थानिका लागि १९ लाख ६८ हजार २७ कित्ता र सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता छ्ट्याईएको छ ।
असार २५ गते आईपीओ विक्री गर्न कम्पनीले बोर्डबाट स्वीकृति पाएको हो । यो आईपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस