aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आइएमई लाइफद्वारा आईपीओ विक्रीका लागि बोर्डमा निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
आइएमई लाइफद्वारा आईपीओ विक्रीका लागि बोर्डमा निवेदन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ विक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डमा असार २२ गते बोर्डमा निवेदन दिएको हो । यो आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । यो आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । 

हाल १ अर्ब ४० करोड चुक्तापूँजी रहेको कम्पनीले २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गर्न लागेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ९ करोड ८१ लाख नाफा कमाएको छ । त्यस अवधिसम्म कम्पनीको जगेडा कोषमा २८ करोड २२ लाख ४१ हजार रुपियाँ छ भने जीवन बीमा कोषमा १ अर्ब १८ करोड ४८ लाख रहेको छ । नयाँ जीवन बीमा कम्पनीको रुपमा यस कम्पनीले बीमा समितिबाट २०७४ साल असार २० गते लाईसेन्स प्राप्त गरि २०७४ साल भदौ १ गतेदेखि कारोबार सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस