
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले आईपीओ विक्रीका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले रू. ८ करोड ९६ लाख ९५ हजार २२० बराबरको ८ लाख १५ हजार ४११ कित्ता आईपीओ विक्रीका लागि असार २५ गते अनुमति माग्दै निवेदन दिएको हो ।
आयोजना प्रभावित स्थानियका लागि छुट्याईएको १० प्रतिशत शेयर प्रति शेयर रू. १०० को दरमा र सर्वसाधारणका लागि छुट्याईएको १० प्रतिशत शेयर प्रतिशेयर रू. १२० मा विक्री गर्न कम्पनीले अनुमति मागेको हो । यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस