
काठमाडौं । रुरु जलविद्युत परियोजनाले आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणलाई जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख ७ हजार ७०६ कित्ता शेयर प्रतिकित्ता १२० रुपैयाँ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
परियोजनाको २०७६ भदौ ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले सर्वसाधारणमा प्रिमियम सहित आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। त्यस अनुसार अंकित मुल्यमा २० रुपैयाँ थप प्रिमियम सहित आईपीओ निष्काशनको माग गर्दै धितोपत्र बोर्ड पुगेको हो ।
परियोजनाले स्थानिय र सर्वसाधारणको लागि ८ लाख १५ हजार ४११ कित्ता शेयर जारी गर्न असार २५ गते बोर्डमा आवेदन दिएको छ । त्यसमध्ये परियोजना प्रभावित स्थानियको लागि जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख ७ हजार ७०५ कित्ता र सर्वसाधारणको लागि ४ लाख ७ हजार ७०५ कित्ता शेयर निष्काशन गर्नेछ ।
स्थानियको लागि प्रति कित्ता १०० रुपैयाँ र अन्य सर्वसाधारणको लागि प्रति कित्ता १२० रुपैयाँमा आईपीओ निष्काशन गर्नेगरी परियोजनाले बोर्डमा अनुमति मागेको हो ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले ुइक्रा एनपी आईपीओ ग्रेड ४ प्लसु रिटिङ दिएको छ ।
प्रतिक्रिया दिनुहोस