
काठमाडौं । मञ्जुश्री फाइनानस र युनाइटेड फाइनान्सको बोनस शेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
मञ्जुश्रीले १ दशमलव ७५ प्रतिशत बोनस शेयर वापतको १ लाख ४० हजार ७१० दशमलव ५४ कित्ता र युनाइटेड फाइनान्सले ३ प्रतिशत बोनस शेयर वापतको ३ लाख ३ हजार १५५ दशमलव ७२ कित्ता शेयर सूचीकृत गराएको हो । सूचीकृत भएपश्चात लगानीकर्ताहरुले आफ्नो हितग्राही खातामा शेयर जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस