
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको आईपीओमा आवश्यक भन्दा बढी आवेदन आएपछि पहिलो चरणमा नै बन्द गर्न लागेको छ । कम्पनीले गत असार २५ गते निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले गत असार २५ गतेदेखि प्रति कित्ता रु १०० का दरले ३० लाख कित्ता अर्थात् रु ३० करोडको आईपीओ निष्काशन गर्न गरेको थियो । त्यसमा आवश्यक भन्दा साढे ५ गुणा बढी आवेदन आएको छ ।
कुल कित्ता मध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई छुट्टाएका छ । १ लाख ५० हजार सामुहिक लगानी कोषलाई छुट्टाइएको छ । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणको लागि छुट्टाइएको छ ।
आईपीओ आवेदनकले कम्तीमा १० कित्तामा आवेदन दिनुपर्ने छ भने आईपीओको बिक्रि प्रबन्धक एनआईविएल एस क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस