aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

डिस होमको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असार २०७७
डिस होमको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्यो

काठमाडौं । डिस होम (टेलिभिजन प्रदायक कम्पनी) ले २० करोड रुपैयाँ बराबरको सार्वजनिक शेयर (आर्इपीओ)निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  अहिले २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनले त्यसको १० प्रतिशत आइपीओ निष्कासन गर्ने जनाएको हो । बोर्डका अनुसार डिस होमले प्रिमियम मूल्यमा आईपीओ निष्कासन माग नगरेकाले आईपीओको मूल्य एक सय रुपैयाँ हुने छ । 

यो कम्पनीमा ५३ प्रतिशत स्वदेशी र ४७ प्रतिशत विदेशी लगानी रहेको छ । सूचना प्रविधी क्षेत्रको पहिलो पब्लिक कम्पनी डिस होम २०७३ गत असार १८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीवाट पब्लिक कम्पनीमा दर्ता भएको थियो । कम्पनीले यस अघिनै धितापत्र बोर्डबट आर्इपीओ जारी गर्नका लागि यो हप्ता स्वीकृती पाउने बोर्डले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस