
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पाँच वर्ष पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६९/७० र २०७०/७१ को नगद लाभांश बुझिलिन अनुरोध गरेको हो । मंगलवार सुचना जारी गरेको कम्पनीले एक महिनाभित्र आफ्नो शेयर प्रमाणपत्रका साथ नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड, नारायणचौर, नक्सालमा सम्पर्क गर्न भनेको हो ।
एक महिनापश्चात उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले जानकारी दिएके छ । त्यस अवधिमा शेयर कायम राखेको तर हाल शेयर विक्री गरिसकेका शेयरधनीहरुले पनि नगद लाभांश प्राप्त गर्न सक्नेछन् । साना किसान विकास लघुवित्तले आर्थिक वर्ष २०६९/७० मा १५ प्रतिशत बोनस शेयर र ११ दशमलव ३१ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७०/७१ मा १५ दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस