
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका मोटरसाइकल खोजी जारी राखेको छ । विभिन्न समयमा मोटरसाइकल हराएको भनी परेको निवेदनका आधारमा खोजी अभियान चलाउँदा फेला परेका २५ मोटरसाइकल आज सम्बन्धित धनीलाई बुझाइएको छ ।महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले फेला पारेको मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
उपत्यकाका बालाजु, वसुन्धारा, मण्डिखाटार, नयाँबजार, ठमेल, सरस्वतीनगर, सामाखुसी, ठमेल, चाबहिल, कलङ्की, ग्रिनल्यान्ड, हात्तीगौडा, बौद्ध, ठमेल, टोखा, बाँनियाटार, कोटेश्वर, गौरीधारा, कुमारीपाटी र गोकर्णेश्वरलगायत विभिन्न स्थानबाट मोटरसाइकल हराएको भनी महाशाखामा निदेवन परेको थियो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चोरीबाट बचाउनका लागि सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न, अलारामलगायत उपकरण जडान गर्न, घर कम्पाउन्डमा पार्किङ गरेको भनी ढुक्क नपर्न तथा एकै छिन त हो भनी हेल्चेक्र्याइँ नगर्न अनुरोध गरे ।
महाशाखाले सुशील मानन्धर, रोशना निरौला, बुद्ध तामाङ, प्रवीनकुमार थापा, महेश कार्की, अभिशेक गुरुङ, सुवर्णमान तुलाधर, आशिष गुरुङ, दीपक जैसवाल, हलुङ्ग राई, प्रकाश बलामी, विमल गुरुङ, राजकुमार तामाङ, राजीव मैनाली, सुष्मा नगरकोटी सुनार, प्रशान्त चौधरी, भीमबहादुर महर्जन, सुरज विश्वकर्मा, भुपेन्द्रप्रसाद चौलागाईं, दीपक मानन्धर, सुन्दर श्रेष्ठ, पञ्चबहादुर राई, प्रशन गुरुङ, नगेन्द्र शाही र मिलन सुनुवारलाई मोटरसाइकल हस्तान्तरण गरेको हो ।
महाशाखाले चालू आव ०७६÷७७ मा मात्रै चोरी भएका ३६८ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनी बुझाएको छ । चोरीमा संलग्न ३७ व्यक्तिलाई आवश्यक कारावाही गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस