
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले साउन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि रू.१९ करोड ६८ लाख २ हजार ७०० बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि पनि सोहि रकम बराबरको आईपीओ विक्री गर्नेछ । कम्पनीले स्थनिय र सर्वसाधारणका लागि गरि कुल रू. ३९ करोड ३६ लाख ५ हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार २५ गते अनुमति पाएको थियो ।
स्थानियका लागि विक्री खुला गरिएको यस आईपीओमा छिटोमा साउन २२ गतेसम्म र ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि आयोजना प्रभावित स्थानियका लागि छुट्याएको कुल कित्तामध्य नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर विक्री गर्न लागेको हो । आइपीओमा खरिद गर्न चाहने प्रभावित तथा अति प्रभावित दुबै तर्फका स्थानियले न्युनतम १० कित्तादेखि २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर एप मार्फत आवेदन दिन सकिनेछ ।
यो आइपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेड रहेका छन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले वित्तीय अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने केयर एनपी ग्रेड ४ प्रदान गरेको छ ।
नुवाकोट जिल्लाको अति प्रभावित अन्नपूर्ण गाउँपालिका वडा नं. ४ (साविकको नारच्याङ गाविस) र तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) हुन भने तादी गाँउपालिका पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन । त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाँउ पालिका प्रभावित क्षेत्र हुन । यस कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहको छ ।
प्रतिक्रिया दिनुहोस