aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अबैध रुपमा भित्रीएको बोलेरो गाडी पक्राउ, प्रहरी कार्यालयमा गाडी अलपत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
अबैध रुपमा भित्रीएको बोलेरो गाडी पक्राउ, प्रहरी कार्यालयमा गाडी अलपत्र

काठमाडौं । असर ३० गते भारतीय नंम्बरको स्कारपियो र बोलेरो गाडी पक्राउ परेका छन् । ती गाडीहरु चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामीण वडा एरियाहरुमा चलाई रहेको छन् भन्ने विशेष सुचना प्राप्त भई यस कार्यालयबाट खटि गएको प्रहरीले पक्राउ गरेको हो । 

 जिल्ला पर्सा बीरगंज म.न.पा. वडा नं. ११ श्रीपुर स्थित सडक खण्डमा भारतीय नम्बर BR05PA6151, BR01PC7895 को स्कारपियो थान-२ BR05PA1091 सुमो गोल्ड थान-१ र BR30S4701 नम्बरको बोलेरो गाडी थान-१ गरी अ.मू ५४ लाख रुपैयाँ बराबरको गाडी थान-४  फेला पारेको प्रहरीले जनाएको छ । 

 सो गाडी सम्बन्धी वरपर सोधपुछ गर्दा कोही कसैले हक दाबी नगरेकोले बरामद गरी यस कार्यालयमा ल्याई राखिएकोमा हालसम्म कोही कसैले पनि उक्त सवारी साधनसँग सम्बन्धित आवश्यक कागजात सहित प्रहरी कार्यालयमा सम्पर्क राख्न नआएको हुँदा आवश्यक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा  पठाईएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस