aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अजोड इन्स्योरेन्सको आईपीओ आज ३ बजे बाँडफाँड हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
अजोड इन्स्योरेन्सको आईपीओ आज ३ बजे बाँडफाँड हुने

काठमाडौं । अजोड इन्स्योरेन्सको आइपीओ आज (शुक्रबार) बाँडफाँड हुने भएको  छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले दिउँसो ३ बजे आईपीओ बाँडफाँड हुने जानकारी दिए । कम्पनीले ३० करोड  रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ असार २५ गतेदेखि २९ गतेसम्म बिक्री गरेको थियो ।

कुल कित्ता १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरेको हो । 

बिक्री प्रबन्धकका अनुसार यस  आईपीओमा ४ लाख ८४ हजार ४९८ वटा योग्य आवेदनबाट एक करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयर माग भएको छ। त्यसमध्ये गोलाप्रथाका आधारमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्। बाँकी २ लाख ११ हजार ४९८ जनाको खाली हुनेछ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ।

प्रतिक्रिया दिनुहोस