aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

'सबैले सहूलियत पाए हामीले किन पाएनौं ?'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
'सबैले सहूलियत पाए हामीले किन पाएनौं ?'

काठमाडौं । अटोमोबाइल्स क्षेत्रलाई चालू आवको मौद्रिक नीतिमा कुनै पनि सहूलियतको व्यवस्था नगरेपछि अटोमाबाइल्स क्षेत्रको छाता संगठन नाडाले विरोध गरेको छ । नाडाका अध्यक्ष कृष्ण दुलालले आर्थिक न्युजडटकमसँग कुराकानी गर्दै मौद्रिक नीतिले सबै क्षेत्रलाई सहूलियत दियो तर अटोमाबाइल्स क्षेत्रलाई भने नदिएको प्रति असन्तुष्टि जनाएका हुन । 

उनले भने, ‘ सबै क्षेत्रले सहूलियत पाउँदा आटो मोबाइल्स क्षेत्रलाई मात्रै किन सौतेनी व्यवहार राष्ट्र बैंकको यो मौद्रिक नीतिमा गरिएको भेदभाव सच्याउन पर्छ ।’ नाडाका पदाधिकारीहरुको छलफलपछि आजको मौद्रिक नीतिले अटोमोबाइल्स क्षेत्रप्रति गरेको उपेक्षाको घोरनिन्दा र विरोध गर्ने निर्णय भएको उनले बताए । 
 

प्रतिक्रिया दिनुहोस