काठमाडौं । सवारी साधनको कर्जाको सिमा ९० प्रतिशत पुर्याउन नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपालले माग गरेको छ । चालू आवको मौद्रिक नीति प्रति असन्तुष्टि जनाउँदै निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गरी यस कर्जाको सीमा बृद्धिगरी ९० प्रतिशत पु¥याउनु पर्ने सुझाव पेश गरेको थियो ।
यसबाट सवारी साधन खरिद गर्न चाहनेहरुका लागि सहजता हुने, यसको प्रतिफलस्वरुप ओरालो लागेको सवारी साधनहरुको पैठारीमा सुधार आउने, सरकारको राजश्व प्राप्तिमा स्वभाविक रुपले बृद्धि हुने र देशको अर्थतन्त्र पनि थप चलायमान हुनेछ भन्ने हाम्रो विश्वास नाडाले गरेको थियो ।
निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गरी यस कर्जाको सीमा बृद्धिगरी ९० प्रतिशत पु¥याउनु पर्ने हाम्रो सुझावलाई पुर्नविचारका लागि पुनः हार्दिक अनुरोध गर्दछौ ।
झण्डै ३ महिना लामो पूर्ण बन्दाबन्दी र हालको आशिंक बन्दाबन्दीको कारण झण्डै धरासायीको अवस्थामा पुगेको अटोमोवाइल व्यवसायका लागि मौद्रिक नीतिले सम्बोधन नगरेको गुनासो गरेको छ ।
नेपाल राष्ट्र बैंकले अटो लोनलाई जोखिमयुक्त वस्तुको रुपमा वर्गीकरण गरी मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा दिने नीतिलाई आजको मोद्रिक नीतिले पनि निरन्तरता दिएको छ । त्यसैगरी, हालसम्म पनि कायम रहेको र हायर पर्चेज लोनको सम्बन्धमा कर योग्य आयको कूल मासिक आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न सकिने व्यवस्थालाई पनि मौद्रिक नीतिले निरन्तरता दिएको आरोप नाडाले आरोप लगाएको छ ।
नेपाल राष्ट्र बैंकको पूर्व निर्णयहरुका कारण सवारीसाधन व्यवसायमा गम्भीर असर परेको र यसबाट राष्ट्रको सर्वाङ्गिण विकासमा नै नकारात्मक असर परिरहेको सर्व विदितै छ । यस नीतिको नकारात्मक प्रभाव यसको आयात परेको छ भन्ने कुरा सरकारी तथ्याङ्कहरुबाटै स्पष्ट हुन्छ ।
आर्थिक बर्ष २०७४÷७५ मा कुल सवारी साधनको आयात ४ लाख ३७ हजार ६ सय १४ वटा रहेकोमा आर्थिक बर्ष २०७५÷७६ मा यो घटेर ३ लाख ७ हजार २ सय ३८ वटा पुगेको नाडाले बताएको छ । १५.३९ प्रतिशतले आयात घटेको देखिन्छ ।
त्यसैगरी आर्थिक बर्ष २०७५/०७६ को माघ महिनासम्मको आयात र चालु आर्थिक बर्ष अर्थात २०७६/०७७ को माघ महिनासम्मको आयात तथ्याङ्कलाई तुलना गर्दा पनि कूल आयातमा १६.८० प्रतिशतले आयात घटेको देखिन्छ र यो अझ घटदो क्रममा रहेको देखिन्छ । प्रत्येक बर्ष सवारी तथा ढुवानीका साधनहरुको आयात सरदर २० प्रतिशतले बढदै जाने क्रम रहेकोमा अहिले झण्डै त्यही अनुपातमा कूल आयात ओरालो लाग्दै गएको अवस्था छ ।
राष्ट्रलाई समुन्नत र समृद्ध बनाउन सवारीसाधन अपरिहार्य रहेकोले देशभरी सडक सञ्जाल पु¥याउने र प्रत्येक नागरिकलाई आवागमनमा सहजता ल्याउन आफ्नै सवारीसाधन होस् भन्ने नीति आउनु पर्नेमा त्यसको ठीक विपरित कर्जा प्रवाहको सीमा मार्फत सवारीसाधनमा नै अंकुश लाग्ने गरी विगतमा ल्याईएको सोहि नीतिलाई नै निरन्तरता दिनु आफैमा विरोधाभाषपूर्ण भएको नाडाको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस