aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सगरमाथा इन्स्योरेन्स कम्पनी २५ वर्षमा प्रवेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
सगरमाथा इन्स्योरेन्स कम्पनी २५ वर्षमा प्रवेश

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी आजबाट २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ । 

उक्त अवसरमा कम्पनीले वर्तमान अवस्थाका कारण देशभरका ७३ वटै कार्यालयमा एकसाथ केककाटी वार्षिक उत्सब मनाएको छ । 

कम्पनीले प्रधान कार्यालयमा राखेको रक्तदान कार्यक्रममा ४९ जना रक्तदाताले रक्तदान गरेका छन । 

२५औ वार्षिकउत्सवको उपलक्ष्यमा नेपालभरी छरिएका शाखा मार्फत सामाजिक उत्तरदायित्व तथा बीमा जनचेतनाका बिविध कार्यक्रमहरु आयोजना गरिनेछ । 

कम्पनीकोे चुक्तापुंजी हाल रु. १ अरब १२ लाख २२ हजार पुगेको छ । आ.व. २०७६÷०७७ को अषाढ मसान्तमा १ लाख ९४ हजार १ सय ७४ बीमालेख बिक्री गरी रु. २ अरब १९ करोड ४७ लाख ७६ हजार बीमाशुल्क संकलन गरेको छ । त्यसै गरी  आ.व. २०७६÷०७७ मा रु.१ अरब २ करोड दावी भुक्तानी गरिएकोछ । 

कम्पनीबाट उपलब्ध हुने बीमालेखहरुलाई क्रमश डिजिटलाईज गर्दै डिजिटल युगमा प्रवेश गर्ने लक्ष्य रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले दिए । 
 

प्रतिक्रिया दिनुहोस