aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चार कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ साउन २०७७
चार कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

किसान माइक्रोफाइनान्सको २३ दशमलव ९५ प्रतिशत, आरम्भ माइक्रोफाइनान्सको ७ दशमलव ३८ प्रतिशत, चौतारी लघुवित्तको ७ प्रतिशत र अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । 

किसान माइक्रोफाइनान्सको २ लाख ५ हजार ९९२ दशमलव ७५ कित्ता , आरम्भ माइक्रोफाइनान्सको ४४ हजार २८० कित्ता, चौतारी लघुवित्तको १ लाख ३० हजार २०० कित्ता र अरुण भ्याली हाइड्रोपावरको ६ लाख ५३ हजार १०९ कित्ता बोनस वापतको शेयर सूचीकृत भएको छ ।

यी कम्पनीहरुले साउन ४ गते नेप्सेमा शेयर सूचीकृत गराएका हुन । सूचीकृत भएसँगै आफ्नो हितग्राही खातामा शेयर जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस