
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले अवितरित साधारण हकप्रद शेयर साउन १२ गतेदेखि लिलामी प्रकृयाबाट विक्रीमा ल्याउने भएको छ । कम्पनीले फागुन २८ देखि असार २९ गतेसम्म विक्री खुला गरि आवेदन माग गर्दा ५४ हजार ६३१ कित्ता शेयरमा आवेदन नपरेकाले लिलामीमा विक्री गर्न लागेको हो ।
प्रतिकित्ता न्यूनतम मूल्य रू. १०० तोकिएको यो शेयर खरिद गर्न चाहनेले सो वा सोभन्दा बढी मूल्य अंकित गरि बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बोलपत्र साउन २९ गते दिउसो २ बजेभित्र पेश गर्नुपर्नेछ । बोलपत्र एनएमबि क्यापिटलको नागपोखरी, काठमाडौंबाट र एनएमबि बैंकको झापा, जनकपुर, चितवन, बाग्लुङ, दाङ, सुर्खेत, महेन्द्रनगर, विराटनगर, विरगञ्ज, हेटौडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी शाखा कार्यालयमा बुझाउन सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस